Wednesday, September 30, 2026
Home खेलकुद किन गइन कीर्तिमानी खेलाडी कतार ? रहस्य यस्तो छ

किन गइन कीर्तिमानी खेलाडी कतार ? रहस्य यस्तो छ

212

मंसिर १३,
काठमाडौं । १३ औं सागको तयारीमा रहेकी एक धाविका बन्द प्रशिक्षण छाडेर कतार गएकी छिन्। चार सय मिटर दौड र रिल दौड र हडल्सकी धाविका तुलसा खत्री प्रतियोगिता नै नखेली गत बुधबार कतार गएकी हुन्। खत्रीले विमानस्थल पुगेपछि मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई आफू वैदेशिक रोजगारीका लागि कतार जान लागेको भनेर सन्देश पठाएकी थिइन्। उनी नेपाल आर्मीकी कीर्तिमानी खेलाडी हुन्। चीनको वुहानमा भएको सातौँ सिआइएसएम मिलिटरी खेलकुदको महिला ४०० मिटर दौडमा उनले राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। उनले ५९.५७ सेकेन्डमा ४ सय मिटर दौड पूरा गरेकी थिइन्। कीर्तिमानी खेलाडी भए पनि उनी सागको पूर्वसन्ध्यामा खेल छाडेर विदेश लागेकी हुन्।