भक्तपुरमा उपनिर्वाचन सुरुः तस्विरमा हेरौं

590
ताथली मतदान केन्द्रमा मत खसाल्दै चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्र

मंसिर १४,
भक्तपुर । देशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशमा उपनिर्वाचन भइ रहेको छ । आज मंसिर १४ गते शनिबारका दिन उपनिर्वाचनकालागि सर्वसाधरणले मतदान गरिरहेका छन् । भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उपनिर्वाचन हुदैछ ।
यो प्रदेश निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । सो क्षेत्रमा २२ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।