पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा सिफारिस

848

मंसिर १३, काठमाडौं । विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन अर्को आयोजनाबाट पनि कालोसूचीका लागि सिफारिसमा परेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको सिफारिसअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेमा उसको कारबाही फुकुवा हुने म्याद थप लम्बिनेछ ।

काठमाडौंको तीनकुनेमास्थित दुईतर्फी १७० मीटर फराकिलो बागमती पुलको निर्माणमा लापरबाही गरेको भन्दै आयोजनाले कम्पनीको ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरेको हो । त्यसो त अहिले पनि पप्पु कन्स्ट्रक्सन कालोसूचीमै छ र उसले नयाँ ठेक्कामा भाग लिन पाएको छैन । सन् २०२२ को मार्च २२ सम्मलाई कालोसूचीमा रहेको पप्पुको निलम्बन अवधि अब थप लम्बिन सक्छ । आयोजना प्रमुख अर्जुनप्रसाद अर्याल पास भएको डिजाइन अनुसार निर्माण अघि नबढाएको, काममा लापरबाही भएपछि रोक्न भन्दाभन्दै काम गरेको र काममा चरम ढिलाइ गरेकाले पप्पुलाई कालोसूचीमा राख्न सिफारिस गरिएको बताउँछन् । खरिद सम्झौता भएको ५ वर्षपछि सरकारले ठेक्का तोडेको हो । -onlinekhaabr