Tuesday, August 4, 2026
Home Blog Page 1213
पुस १८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् । उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएको प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले अनलाइनखबरलाई बताए । ‘तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी ल्याइएको रहेछ’, उनले भने । यूएईबाट आएका उनीहरुले लुकाएको सुन...
पुस १८, काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा रहेर अस्वाभाविक रुपमा सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोतसमेत खुल्न नसकेको भन्दै अख्तियारले उपसचिव ढुङ्गानाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले...
पुस १७, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सरकारले पुरस्कृत गरेको छ । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले महानिरीक्षक खनाललाई पुरस्कृत गरेको हो । मन्त्रालयले बिहीबार खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको गृहमन्त्रालयले जनाएको छ ।
पुस १७, काठमाडौं । हेलिकप्टरमा १३ सबार थिए र तीमध्ये आठको मृत्यु भएको हो । मर्ने सैन्य पदाधिकारीमध्ये सेना प्रमुखका अतिरित्त एक लेफ्टिनेन्ट कर्नल, एक क्याप्टेन, दुई वरिष्ठ मास्टर सर्जेन्ट, एक मेजर र दुई मेजर जनरल छन् । ताइवानका सेना प्रमुख र कम्तिमा सात अन्य शीर्ष अधिकारीको ‘ब्ल्याक हक’ हेलिकप्टरको दुर्घटनामा मृत्यु भएको छ । हेलिकप्टर विहिबार विहान...
पुस १७, काठमाडौँ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ। प्रहरी प्रधानकार्यालयले चितवनबाट मल्लाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमासरुवा गरेको थियो। सरुवा भएको झण्डै दुई हप्तासम्म पनि जिल्ला नछोडेपछि प्रदेश ३ ले पत्र लेखेरै १२ घण्टाभित्र तोकिएको ठाउँको रमाना बुझी जानकारी गराउन निर्देशन दिएको हो। ‘दानबहादुर मल्ललाई हालसम्म पनि सरुवा...
पुस १७, काठमाडौं । माघ १७ गते देखि प्रर्दशनमा आउने फिल्म ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा नायिका परमिता राज्यलक्ष्मी राणा, नीता ढुंगाना, अभिनेता करण वर्मा र बुद्धि तामाङलाई देख्न सकिन्छ । फिल्ममा बुद्धि तामाङ र परमितालाई भिलेनको रुपमा प्रस्तुत गरिएको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको एक्सन फिल्ममा करण, नीता, परमिता, बुद्धिसँगै देव कुमार श्रेष्ठ, अनुप...
पुस १७, बीबीसी । न्यू साउथ वेल्समा डढेलो क्षेत्र छोडेर जान लाग्दा देखिएको भिड डढेलोको खतरा झन् बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ। प्रख्यात शहर सिड्नी रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको खतरा अझै बढाउने बताइएको छ। सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा १८...
पुस १७, काठमाडौँ । नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए । जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका मामा सुजीत थापा भन्छन्...
पुस १७, काठमाडौं । सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा वायु सेनाका प्रमुखसमेत रहेका प्रधानसेनापति बेपत्ता भएका छन् । ताइवानका सेनापति यी मिङ सेन यी मिङसहित १३ जना सवार ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । सेन यी मिङ हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए...
पुस १६, काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को देशभर भव्य समारोहका बीच उद्घाटन गरिएको छ । दशरथ रंगशालामा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गरेकी हुन् । त्यसैगरि नगरकोटमा युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा उद्घाटन गरेका छन् । पोखरा, जनकपुरलगायतका स्थानमा समेत भ्रमण वर्षको भब्य उद्घाटन भएको छ । भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई...