पुस १८,
काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा रहेर अस्वाभाविक रुपमा सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोतसमेत खुल्न नसकेको भन्दै अख्तियारले उपसचिव ढुङ्गानाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दामा उनकी पत्नी मधु कोइराला ९ढुङ्गाना०लाई पनि विपक्षी बनाएको छ ।
अनुसन्धानका क्रममा उपसचिव राजेन्द्रले चार करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँ ४५ पैसा गैरकानूनी रुपमा आर्जन गरेको पाइएको अख्तियारको दावी छ । उनीविरुद्ध अख्तियारमा सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने उजुरी परेपछि अख्तियारले छानविन थालेको थियो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २०४९ साउन १९ देखि सार्वजनिक सेवामा प्रवेश गरेका राजेन्द्र ढुङ्गानाले २०७५ असार ३२ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७९५ रुपैयाँ ८ पैसाहुन आउँछ । उक्त आयको तुलनामा उनले सोही अवधिमा गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ रुपैयाँ ५३ पैसा रहेको अनुसन्धानबाट खुलेको छ ।