हेलिकप्टर आकस्मिक अवतरण, प्रधानसेनापति नै बेपत्ता

481

पुस १७,
काठमाडौं । सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा वायु सेनाका प्रमुखसमेत रहेका प्रधानसेनापति बेपत्ता भएका छन् । ताइवानका सेनापति यी मिङ सेन यी मिङसहित १३ जना सवार ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । सेन यी मिङ हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए । त्यस क्रममा हेलिकप्टर आकस्मिक अवतरण गरिँदा प्रधानसेनापति मिङ बेपत्ता भएको बताइएको छ । हेलिकप्टरमा सवार केहीको उद्दार गरिएपनि प्रधान सेनापति मिङसहित तीन जना फेला परेका छैनन् ।