हेलिकप्टर दुर्घटनामा नौ जनाको मृत्यु

296

पुस १७, काठमाडौं । हेलिकप्टरमा १३ सबार थिए र तीमध्ये आठको मृत्यु भएको हो । मर्ने सैन्य पदाधिकारीमध्ये सेना प्रमुखका अतिरित्त एक लेफ्टिनेन्ट कर्नल, एक क्याप्टेन, दुई वरिष्ठ मास्टर सर्जेन्ट, एक मेजर र दुई मेजर जनरल छन् ।
ताइवानका सेना प्रमुख र कम्तिमा सात अन्य शीर्ष अधिकारीको ‘ब्ल्याक हक’ हेलिकप्टरको दुर्घटनामा मृत्यु भएको छ । हेलिकप्टर विहिबार विहान टापू–राज्यको उत्तरी भागमा बेपत्ता भएको थियो ।
अहिले ताइवानका हवाई फौज कमाण्डर सीउङ होउ–चीले सेना हेलिकप्टर दुर्घनटाग्रस्त भएको र उक्त हवाई वाहनमा सवार सेना प्रमुख सेन यी–मिङको मृत्युको पुष्टि गरे । विहिबार विहान ११ बजेको ब्रिफिङमा ताइवानका रक्षा मन्त्रालयले हेलिकप्टरको स्थान पहिचान भएको र दुई हेलिकप्टर तथा ८० अधिकृतलाई दुर्घटनास्थलमा पठाइएको बताएको थियो