‘दि कर्मा’को ट्रेलरमा परमिता र बुद्धिको यस्तो रुप, भिडियो हेरौं

257

पुस १७,
काठमाडौं । माघ १७ गते देखि प्रर्दशनमा आउने फिल्म ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा नायिका परमिता राज्यलक्ष्मी राणा, नीता ढुंगाना, अभिनेता करण वर्मा र बुद्धि तामाङलाई देख्न सकिन्छ । फिल्ममा बुद्धि तामाङ र परमितालाई भिलेनको रुपमा प्रस्तुत गरिएको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको एक्सन फिल्ममा करण, नीता, परमिता, बुद्धिसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायत कलाकारको अभिनय रहेको छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि।एल। र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह–निर्माताको रुपमा छन् । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । तराई क्षेत्रमा छायांकन गरिएको फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् ।