Sunday, September 27, 2026
Home समाचार किन दिइयो एसपी मल्ललाई चितवन छोड्न निर्देशन ?

किन दिइयो एसपी मल्ललाई चितवन छोड्न निर्देशन ?

282

पुस १७,
काठमाडौँ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ। प्रहरी प्रधानकार्यालयले चितवनबाट मल्लाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमासरुवा गरेको थियो। सरुवा भएको झण्डै दुई हप्तासम्म पनि जिल्ला नछोडेपछि प्रदेश ३ ले पत्र लेखेरै १२ घण्टाभित्र तोकिएको ठाउँको रमाना बुझी जानकारी गराउन निर्देशन दिएको हो। ‘दानबहादुर मल्ललाई हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायव उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रवाना गरी त्यसको जानकारी तालुक कार्यालय तथा यस कार्यालयसमेतमा दिन निर्देशानुसार अनुरोध छ।’ प्रहरी उपरीक्षक अरुण पौडेलले बुधबार तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिँदै मल्लको नाममा पत्र लेखेका हुन्।