प्रहरी प्रमुख सर्वेन्द्र खनाल पुरस्कृत

190

पुस १७,
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सरकारले पुरस्कृत गरेको छ । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले महानिरीक्षक खनाललाई पुरस्कृत गरेको हो । मन्त्रालयले बिहीबार खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको गृहमन्त्रालयले जनाएको छ ।