Tuesday, July 28, 2026
Home Blog Page 1094
असोज ८, काठमाडौँ । धरान उपमहानगरपालिका–१८ स्थित सोलुखुम्बु होटलमा झुण्डिएको अवस्थामा एक युवा मृत फेला परेका छन् । झापाको माइधारा घर भइ धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार दर्नाल खाटमा अ‍ोछ्याएको तन्नाको पासो लगाएर पङ्खा झुण्डाउने रडमा झुन्डिएको अवस्थामा मृत...
असोज ८, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भएको वर्षाका कारण देशभरको जनवीवन प्रभावित भएको छ । वर्षा राजधानीसहित देशभर अझै तीन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली...
असोज ८, काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटीरमोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेको छ । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटीरमोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन् ।नेपालमा ओटीटीरमोबाइल एप्स मार्फत प्रभु टिभी र नेट टिभीले...
असोज ८, काठमाडौं । कोरोना भाइरसबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, धादिङका ३२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष, काठमाडौंमा ८२ वर्षीया महिला र...
असोज ७, काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले गौतमको सांसद पद...
असोज ७, काठमाडौं । उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६३७ सहित देशभर भने ११७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ४२६ र पुरुष ७४६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा...
असोज ७, बुटवल । कपिलबस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोला कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी सवार पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण कोइली खोलामा आएको बाढीले बुधबार दिउँसो जीप बगाउँदा एकजनाको मृत्यु भएको भएको र दुईजना बेपत्ता भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौड्यालले रातोपाटीलाई जानकारी दिए ।मृत्यु हुनेमा जिप...
असोज ७, काठमाडौं । सरकारले सार्वजनिक यातायातमा वृद्धि गरेको ५० प्रतिशत भाडादर खारेज गर्न १३ विद्यार्थी संगठनले माग गरेका छन्। लामो तथा छोटो दूरीका सवारी साधनमा आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडा वृद्धि गरिएकोमा बढाइएको भाडादर खारेज गर्न उनीहरूले माग गरेका हुन्। संयूक्त विद्यार्थी संगठनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई सात दिने अल्टिमेटमसहित मागपत्र बुझाएको नेविसंघ महामन्त्री...
असोज ७, काठमाडौं । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ (रामेन) बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको जनाएको छ । उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्र्तराष्ट्रिय स्तरको हटपट सिरिजका ब्राण्डहरुको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ ।अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली...
असोज ७, काठमाडौं । नेपाली सेनाले मकवानपुरको लालबकैया वडा नं ५ का २३ घरपरिवारलाई क्षतिपूर्तिवापत रु तीन लाख दश हजार उपलब्ध गराएको छ । काठमाडौंँ–तराई–मधेश द्रुतमार्गको उक्त खण्डमा साउनको पहिलो साता भएको वर्षा र निर्माण क्रममा आएको पहिराबाट ती परिवारको बालीनालीमा क्षति पुगेपछि सेनाले सम्बन्धित व्यक्तिकै वैँक खातामा क्षतिपूर्तिको रकम उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...