वर्षाले देशभरको जनजीवन प्रभावित

152

असोज ८,
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भएको वर्षाका कारण देशभरको जनवीवन प्रभावित भएको छ । वर्षा राजधानीसहित देशभर अझै तीन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।