‘रामेन चाउचाउ’को ब्राण्ड एम्बेसेडरमा श्रृखंला खतिवडा अनुबन्धित

238

असोज ७,
काठमाडौं । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ (रामेन) बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको जनाएको छ । उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्र्तराष्ट्रिय स्तरको हटपट सिरिजका ब्राण्डहरुको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ ।

अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा हटपट चाउचाउ ९रामेन० बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए । अध्यक्ष पाण्डेले भने, ‘करिव ढेड वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौं । कम्पनीले हाल दुइ संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।’
पहिलो ९ हटपट चिकन गोरमेट स्पाइसी सुपी नुडल्स हो । जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ । यो खासै पिरो छैन । त्यसैले सबै उमेरका ब्यक्तिहरुलाई यो सुहाँउदो छ । यसमा सिजनिङ पाउडर सँगसँगै ड्राइ भेजिटेवलको प्याकेट हुन्छ ।

दोस्रो ९ हटपट टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाइ स्पाइसि पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ । टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको हो । दुई थरीकै हटपट प्रति प्याकेट सय ग्राम छ भने उपभोक्ता मुल्य प्रति प्याकेट ५० रुपैयाँ कायम गरिएको छ ।