काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका-१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राज कुमार भण्डारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेका छन्। पक्राउ परेकामध्ये राजकुमारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौँ तारकेश्वर नगरपालिका-१० बाट र सुरेशलाई काठमाडौँ महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।













