होटलमा युवकको शव भेटियो, सगैं बसेका थिए तीन युवती

237

असोज ८,
काठमाडौँ । धरान उपमहानगरपालिका–१८ स्थित सोलुखुम्बु होटलमा झुण्डिएको अवस्थामा एक युवा मृत फेला परेका छन् । झापाको माइधारा घर भइ धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार दर्नाल खाटमा अ‍ोछ्याएको तन्नाको पासो लगाएर पङ्खा झुण्डाउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

दर्नालसँगै होटलमा सँगै बसेका ३ युवतीलाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । होटलमा युवतीसँग बसेको खुलेकाले ३ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको डीएसपी बस्नेतले बताए ।
दर्नालको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । रिपोर्ट भने आइनसकेको प्रहरीले जनाएको छ । यद्यपी दर्नालको परिवारले शव जिम्मा लिएर दाहसंस्कार समेत गरेका छन् ।

दर्नालले एक महिनाअघि सीता श्रेष्ठसँग विवाह गरेको झापामा परिवारलाई जानकारी गराएका थिए । सोही दिन सीता पनि अन्य दुई केटीसँग होटलको छुट्टै कोठामा बसेकी थिइन् । सीताले दर्नालसँग विवाह नगरेको प्रहरी समक्ष दावी गरेकी छन् । सीतासँगै अन्य दुई केटीलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।