उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

64

असोज ७,
काठमाडौं । उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६३७ सहित देशभर भने ११७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ४२६ र पुरुष ७४६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

यस्तै हाल देशभर २२० जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै हाल क्वारेन्टिनमा ७ हजार १०४ जना रहँदा कोरोना निको हुनेको संख्या भने ४९ हजार ९५४ जना रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा एक महिला सहित ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४३६ पुगेको छ । यसैबीच हालसम्म सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोनमुक्त रहेको छ भने मोरङ, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० बढी संक्रमित रहेका छन् ।