आज मात्रै कोरोनाबाट थप १७ को मृत्यु

168
फाइल तस्विर

असोज ८,
काठमाडौं । कोरोना भाइरसबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, धादिङका ३२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष, काठमाडौंमा ८२ वर्षीया महिला र ७५, ७९ र ८० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै झापामा ७८ वर्षीय, धनुषामा ६८ र ७० वर्षीय, रौतहटमा ६५ वर्षीय, तनहुँमा ३९ वर्षीय, दाङमा ३९ वर्षीय, कपिलवस्तुमा ५० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।