Friday, October 2, 2026
Home समाचार एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग

एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग

383
tv no signal. rgb static screen. 4k, full hd resolutions. vector

असोज ८,
काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटीरमोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेको छ । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटीरमोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन् ।

नेपालमा ओटीटीरमोबाइल एप्स मार्फत प्रभु टिभी र नेट टिभीले टेलिभिजन प्रसारण गर्दै आएका छन् । गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापन रहित नीति (क्लिन फिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो ।

केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटीरमोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन् । महासंघका अध्यक्ष ध्रुव शर्माले नेपालमा ओटीटीरमोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण कानून सम्बत लाइसेन्स लिएर सञ्चालनमा नआएको भन्दै हटाउनुपर्ने माग गरे।