चालक, कार्यालय प्रमुखसहित २ जना वेपत्ता

198

असोज ७,
बुटवल । कपिलबस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोला कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी सवार पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण कोइली खोलामा आएको बाढीले बुधबार दिउँसो जीप बगाउँदा एकजनाको मृत्यु भएको भएको र दुईजना बेपत्ता भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौड्यालले रातोपाटीलाई जानकारी दिए ।

मृत्यु हुनेमा जिप चालक ३५ वर्षीय माधवप्रसाद पाण्डे रहेका छन् भने वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र ४ नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र अर्का स्थानीय केशव भाटक्षेत्री रहेका छन् । वाणगंगा नगरपालिका वडा नं.९, भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार बा. १ च. १०८९ पजेरो जीप बगाएको प्रमूख जिल्ला अधिकारी पौडेलले बताए ।