पुस १०,
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम...
पुस १०,
काठमाडौं । बागमती प्रदेशका तीन जना मन्त्रीहरुले राजीनामा दिएका छन् । नेकपाको केन्द्रको विवादको असर क्रमश प्रदेश सरकारमा देखिन थालेको छ । जसमा माधव कुमार नेपाल निकट अरुण प्रसाद नेपाल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री, प्रचण्ड निकट दुई मन्त्रीहरु शालिकराम जमकट्टेल आन्तरिक मामिला तथा कानुन र युवराज दुलाल सामाजिक विकास मन्त्रीले राजीनमा दिएका हुन् ।...
पुस ९,
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरूको भेलाले केन्द्रीय समिति नलम्ब्याउन नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमिति बैठकअघि अनामनगरमा बसेको पौडेलपक्षको भेलाले संसद् पुनर्स्थापनाको माग गर्दै सडकमा जाने निर्णय तत्काल लिनका लागि सभापति शेरबहादुर देउवालाई दबाब दिने निष्कर्ष निकालेको हो । सभापति देउवापक्षले अदालतको निर्णयपछि मात्रै थप कदम चाल्ने र आन्दोलनभन्दा...
पुस ९,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा विघटन गर्न तयारीमा लागेका छन् । आफ्नो समर्थक मुख्यमन्त्री अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको तयारीमा जुटेका हुन् । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका मुख्यमन्त्री चरम अल्पमतमा छन् । ओली समूह बलियो गण्डकी प्रदेशमा मात्रै हो ।आइतबार संघीय...
-हेमराज ढकाल "सुमन"
हामी त फुट्यौ कमरेड
धुम्बाराही र पेरिसडाडा नजाने गरि
एक अर्काको मुहार नहेर्ने गरि
भुलेर ती समाजवादका सपना
शहिदका रगत र बलिदानहरु
हामी फुट्यौ कमरेड ।माक्स, माओ र लेलिनका सिद्धान्त
पुप्पलाल, मदन र मनमोहनका बिचार
यी सबैलाई टोकरी हालेर फेरि
दर्शन र सिद्धान्त भन्दापनि हामीलाई
पद, शक्ति अनि पैसा ठूलो भो
त्यसैले त हामी फुट्यौ कमरेड ।गरिबको झुपडीमा दियो जलाउन
गणतन्त्रलाई बलियो बनाउन
कठै ! हाम्रो नीति भयो बदनाम
खै...
पुस ९,
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले निर्धारण गरेको वर्तमान मापदण्डविपरीत रहेका छन् ।जिल्लामा ३२ वटा क्रसर उद्योग र ७० वटा बालुवा प्रशोधन उद्योग रहेका छन्...
पुस ९,
भक्तपुर । सूर्यविनायक नगरपालिका नगरप्रमुख बासुदेव थापा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । उनले सामाजिक संजाल मार्फत उक्त जानकारी दिएका हुन् ।
यस्तो छ उनको सन्देशःकोभिड-१९ बाट मुक्त भए !
नगरवासीहरुको सेवा र विकासमा अहोरात्र खटिएको बेलामा सचेत रहदा रहदै पनि म कोभिड - १९ बाट सक्रमित भएको कारण...
भक्तपुर । प्रहरीले मोटरसाइकल चोरीमा संग्लन दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त थिमिले मोटरसाइकल चोरीमा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक ईन्द्रावति गाँउपालिका वडा नं.७, घर भई हाल जडिबुटी बस्ने २७ बर्षको राजकुमार सार्की र सर्लाही बरहथवा न.पा.वडा नं.२, बैंकचोक घर भई हाल गोदावरी बस्ने २३ बर्षको अनिश बस्नेतलाई पक्राउ गरेको हो ।वृत्तका डीएसपी ऋषिराम कडेँलका अनुसार...
पुस ८,
भक्तपुर । मध्यपुरथिमि नगरपालिका यस वर्षको ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । विश्वमा बढ्दो शहरीकरणले कयौँ महत्त्वपूर्ण ऐतिहासिक सम्पदा नासिँदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण काम गरी प्रगति हासिल गरेका एशियाली शहरहरुलाई प्रत्येक वर्ष युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिँदै आएको यो पुरस्कार यस वर्ष मध्यपुरथिमि नगरपालिकाले पाएको...
-बाबुकाजी सुवाल 'विकेश निराशी'समय सही आयो साथी बोल्नुपर्छ तिमीले
दुश्मनको मुखमा आगो झोस्नु पर्छ तिमीले ।।आँखिर पायौ तिमीले के आधा उमेर दास भई
अन्याय र अत्याचारलाई पोल्नु पर्छ तिमीले ।।तिम्रो मुखमा बुजो कोची गर्नु गरे यिनले राज
मागी हुन्न अधिकार खोस्नु पर्छ तिमीले ।।तिम्रो छाला काढिकन ओढे बनाई सिरक
ब्वाँसो हो त्यसको रगत सोस्नु पर्छ तिमीले ।।बाघको खोल ओढी लुटे स्यालले तिमीलाई
भण्डाफोर गरी...










