सूर्यविनायकका नगर प्रमुख थापा कोरोना मुक्त

238

पुस ९,
भक्तपुर । सूर्यविनायक नगरपालिका नगरप्रमुख बासुदेव थापा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । उनले सामाजिक संजाल मार्फत उक्त जानकारी दिएका हुन् ।
                    यस्तो छ उनको सन्देशः

कोभिड-१९ बाट मुक्त भए !
नगरवासीहरुको सेवा र विकासमा अहोरात्र खटिएको बेलामा सचेत रहदा रहदै पनि म कोभिड – १९ बाट सक्रमित भएको कारण घरमा नै बसेर निको हुन्छु भन्ने लागेको थियो तर स्वासप्रश्वासमा समस्या आएको कारण केही समय मेडिसिटि अस्पतालमा भर्ना भएर बस्नु पर्यो। २५ दिनमा २ पटक पि सि आर परीक्षण गर्दापनि रिपोर्ट पोजेटिभ आएको कारण घरमा नै आराम गरेर बसेको थिए। आज चेक गर्दा रिपोर्ट नेगेटिभ आएको छ । बिरामी हुदादेखि मेरो स्वास्थ्यप्रति बडा चासो र चिन्ता प्रकट गरी मेरो स्वास्थ्य लाभको कामना गरेर अहोरात्र सेवामा खट्ने मेरो परिवार, सम्माननीय राष्टपतिज्यूको कार्यालय, सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालय , माननीय उपप्रधानमन्त्रीज्यू, माननीय स्वास्थ्यमन्त्रीज्यू, प्रदेश नम्बर १ का माननीय मुख्यमन्त्री ज्यू, जनप्रतिनिधि साथीहरु, मेरा ईष्टमित्र आफन्तजन, स्वास्थ्यसंस्थाका साथीहरु, मलाई सधै माया र सद्भाव राख्ने शुभचिन्तकहरु, राजनीतिज्ञहरु, नगरपालिकाका कर्मचारी साथीहरु, अनि सम्पूर्ण नगरवासीहरु प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछु ?