गजल…..

286

-बाबुकाजी सुवाल ‘विकेश निराशी’

समय सही आयो साथी बोल्नुपर्छ तिमीले
दुश्मनको मुखमा आगो झोस्नु पर्छ तिमीले ।।

आँखिर पायौ तिमीले के आधा उमेर दास भई
अन्याय र अत्याचारलाई पोल्नु पर्छ तिमीले ।।

तिम्रो मुखमा बुजो कोची गर्नु गरे यिनले राज
मागी हुन्न अधिकार खोस्नु पर्छ तिमीले ।।

तिम्रो छाला काढिकन ओढे बनाई सिरक
ब्वाँसो हो त्यसको रगत सोस्नु पर्छ तिमीले ।।

बाघको खोल ओढी लुटे स्यालले तिमीलाई
भण्डाफोर गरी भेद खोल्नु पर्छ तिमीले ।।

चाँगुनारायण-२, झौखेल, भक्तपुर