Saturday, July 25, 2026
Home Blog Page 1055
पुस १३, काठमाडौं । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि...
धर्म । एक केयर होममा कोरोना संक्रमित सान्ता क्लज आएका कारण त्यहाँ बस्ने १२१ मानिस र ३६ कर्मचारी कोरोनाद्वारा संक्रमित भएका छन् । पछि कोरोना संक्रमित भएका १८ मानिसको मृत्यु भएको छ । यो घटना बेल्जियमको हो । डेली मेलको रिपोर्ट अनुसार दुई हप्ता अघि सान्टा क्लज आफ्ना केही साथीसँग बेल्जियमको एन्टवर्पको केयर होम पुगेका थिए । पछि कोरोनाका...
पुस १२, काठमाडौं । जिल्लाको बूढानीलकण्ठ नगरपालिका–९ स्थित मण्डिखाटारका मनोहरराज घिमिरेको घर र गाडीमा तोडफोड भएको घटनामा विप्लव समूहले आफ्नो संलग्नता नरहेको दावी गरेको छ । ०७६ फागुनमा भएको सो घटनामा आफ्ना नेता–कार्यकर्ताको संलग्नता नरहेको आन्तरिक अनुसन्धानबाट पुष्टि भएको विप्लव समूहका काठमाडौं जिल्ला सेक्रेटरी ‘पवन’ले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । विप्लव समूहको नाम लिएर नेपाल कम्युनिष्ट पार्टी...
पुस १२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार असफल भएको उल्लेख गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारविरुद्ध नारा, जुलुस र प्रदर्शनसहित प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले पराजुलीलाई ज्ञापन(पत्र बुझाएका हुन् । पत्रमा मुलुक अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको बताउँदै नेपाली जनजीवन र अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको भनिएको छ...
पुस १२, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका छन् । आइतबार कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले सेवामा समर्पित हुँदै सुनाम कमाउने मात्रै उद्देश्य राखेको बताए । मन्त्री ढकालले भने, ‘स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु...
पुस १२, काठमाडौं । गत शुक्रबार तामझामका साथ निर्वाचन आयोग पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव नेपाल पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने आश्वासन दिए । प्रमुख आयुक्त थपलियाले भने पनि वैधानिकता विवाद टुङ्गिन ९० दिनसम्म लाग्ने देखिएको छ । राजनीतिक दल सम्बन्धी ऐनका व्यवस्था बमोजम प्रक्रियागत रुपमा प्रमाण...
पुस १०, दक्षिण कोरिया । कोरीयामा कोरोनाको कहर भयानक ढंगले बढ्दै गइरहेको छ । कोरोनभाइरसका विरुद्ध कोरियाले कडा प्रतिबन्धहरु लगाएको छ । तर पनि संक्रमण बढ्दै गएको छ । आज शुक्रबार मात्रै पनि कोरियामा १२१४ जनामा कोरोना संक्रमण फेला परेको जानकारी कोरियाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सी (केडीसीए)ले दिएको छ । यसअघि कोरोनाविरुद्ध युद्धस्तरमा अभियान चालेर दक्षिण कोरियाले कोरानासंक्रमणको...
पुस १०, भक्तपर । तिलगंगा आँखा अस्पतालको तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता राईका पिता भोजपुर हतुवागढीका लालकुमार राईले बेपत्ता छोराको खोजी गरिदिन प्रहरी, मानव अधिकारकर्मी, पत्रकार तथा आफन्तजनलाई अनुरोध गर्नु भएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा गत माघ महिनादेखि नेत्र सहायकका...
पुस १०, काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटोमा लागेको भन्दै उनको निरंकुशतालाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताएका छन् । कार्की ब्याङ्क्वेटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले ओलीले संसद विघटन गरेर आफुलाई निरंकुशताको पक्षमा उभ्याएको बताए । ‘केपी ओली नितान्त निरंकुशताको बाटोमा हुनुहुन्छ । अहिलेको संविधान अनुसार संसद र प्रदेश...
पुस १०, काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद् विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिएको हो । आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग अधिवक्ताहरुले गरेका छन् ।...