मोटरसाइकल चोरेर खोलामा लुकाउने पक्राउ

408

भक्तपुर । प्रहरीले मोटरसाइकल चोरीमा संग्लन दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त थिमिले मोटरसाइकल चोरीमा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक ईन्द्रावति गाँउपालिका वडा नं.७, घर भई हाल जडिबुटी बस्ने २७ बर्षको राजकुमार सार्की र सर्लाही बरहथवा न.पा.वडा नं.२, बैंकचोक घर भई हाल गोदावरी बस्ने २३ बर्षको अनिश बस्नेतलाई पक्राउ गरेको हो ।

वृत्तका डीएसपी ऋषिराम कडेँलका अनुसार पुस ५ गते मध्यपुरथिमि नगरपालिका वडा १ बस्ने श्रीकृष्ण श्रेष्ठको बा ९३ प ७२४५ नं.को बुलेट मोटरसाईकल चोरी भएको थियो ।
चोरी भएको सुचना प्राप्त हुनसाथ प्रहरी वृत्त थिमिबाट प्रहरी टोली परिचालित भई खोजतलास गर्ने क्रममा सुकुम्बासी बस्तिबाट उक्त मोटरसाइल फेला परेको थियो ।
बरामद भएको मोटरसाईकल र पक्राउ परेकालाई सोधपुछ गर्दा अन्य लु.६१ प १८५२ नं.को पल्सर मोटरसाईकल समेत चोरी गरी मनहराखोला किनारमा लुकाई राखेको अनुसन्धानमा खुल्न आएको थियो ।दुबै मोटरसाईकल बरामद गरी सार्की र बस्नेतलाई चोरी मुद्दामा अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको डीएसपी कडेँलले जानकारी दिएका छन् । यस अगाडी पनि चोरी गर्ने गरेको भन्ने अनुसन्धानबाट खुलेकोले यस बिषयमा गहन शुरू अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
त्यसै वृत्त थिमिले बैंकिङ कसुर मुद्दाका वारदात पश्चात फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चौक बलेफी गाँउपालिका २ घर भई हाल मध्यपुरथिमि नगरपालिका वडा नं. ४ बस्ने ४३ वर्षका राम प्रसाद पौडेल रहेका छन् ।
‘उनलाई गत साल मंसिर १० गते उच्च अदालत पाटनबाट पक्राउ अनुमति प्राप्त भएकोमा निजलाई खोजतलास गर्ने क्रममा नयाँठिमीबाट पक्राउ गरी हो,’ डीएसपी कडेँलले भने ।
विशेष सरकारी वकिल मार्फत सम्मानित उच्च अदालत पाटनमा पेश भएकोमा रु. ४० लाख धरौटी माग भएकोमा धरौटी बुझाउन नसकेको हुँदा पौडेललाई पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।