बागमती प्रदेशका तीन मन्त्री दिए राजीनामा

225

पुस १०,
काठमाडौं । बागमती प्रदेशका तीन जना मन्त्रीहरुले राजीनामा दिएका छन् । नेकपाको केन्द्रको विवादको असर क्रमश प्रदेश सरकारमा देखिन थालेको छ । जसमा माधव कुमार नेपाल निकट अरुण प्रसाद नेपाल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री, प्रचण्ड निकट दुई मन्त्रीहरु शालिकराम जमकट्टेल आन्तरिक मामिला तथा कानुन र युवराज दुलाल सामाजिक विकास मन्त्रीले राजीनमा दिएका हुन् । मुख्यमन्त्री सहित ७ सदस्य मन्त्री परिषदमा अब ४ जना बाकीँ रहेका छन् । यो संगै मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ ।