काठमाडौं । फुटबल मैदानमा आफ्ना विपक्षीलाई मुखमा थुुक्ने एक खेलाडीमाथि ५ खेलको प्रतिबन्ध लागेको छ । बोरुसिया मोनेशेनग्लाबाखका स्ट्राइकर मार्कस थुरमले जर्मन बुन्डेसलिगाअन्तर्गत एक खेलका दौरान होफेननहिमका खेलाडीको मुखमा थुुकेका थिए । यसपछि उनीमाथि ५ खेलको प्रतिबन्ध लागेको हो । यो प्रतिबन्ध जर्मन कप र बुन्डेसलिगामा लागु हुने जर्मन फुटबल महासंघले जनाएको छ ।
ट्याकलका दौरान दुई खेलाडीबीच विवाद बढेपछि...
पुस ८,
तनहुँ । कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका–१ गल्बुबेसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बनेका छन् । बस र ट्र्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री गरेर श्रीकृष्ण मौरीफार्म दर्ता गरी मौरीपालनतर्फ लागेको उनले बताए । “विसं २०७२ देखि मौरीपालन थालेपछि छुट्टै आनन्द मिलेको...
-विदुरप्रसाद तिमिल्सिनादेश र जनताका नाममा आज
एक थान खडा गरेर खाल
कथित नामधारी लोकतन्त्रको
भयो रे चीरहरण भनेको सुन्दा
ठटाएर दुर्योधनलेझैँ आफ्नै तिध्रा
सकुनीहरूले बनाए देशलाई
छलकपट खेल्ने मीठो जुवाघर ।देशलाई बन्धक बनाउने खेलमा
फैलिन्छ सकुनीहरूमा कपट
घृतराष्ट्रहरू बन्दा नायक अब
राज्यले पाउँछ कसरी न्याय ?
विभाजनको विषवृक्ष फाल्न
मौन किन बसेका हुन् कृष्ण
सकुनी जाल चिर्न आज
किन सर्दैनन् अग्र मोर्चामा भीष्म ?भ्रमले भ्रमित बनाउनेहरू नै
देशलाई रुमल्याउँदैछन् भ्रममा
सिङ्गो देशलाई बनाउँदै कुरुक्षेत्र
आफू...
पुस ७,
सिरहा । सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ । कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट...
पुस ७,
काठमाडौं । निकै पूरानो होटल अन्नपूर्णले व्यवस्थापन जटिलतालाई देखाउँदै एक वर्षका लागि होटल बन्द गरिएको घोषणा गरेको छ । त्यस्तै, यता होटल सोल्टी क्राउन प्लाजाले समेत आफ्नो कर्मचारीमा ४० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरिसकेको छ । नेपाल होटल व्यवसायी संघ (हान) र होटल श्रमिक मजदूर संघ तथा श्रमिक संगठन युनियनहरुबीच होटल अन्नपूर्णमा अहिले वार्ता हुँदैछ ।...
पुस ७,
काठमाडौं । अहिले राजधानी नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ । सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् । महासेठ नेकपाभित्र...
पुस ७,
इलाम । सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट ९बीओपी० मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ ।यसरी खटेका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त सुविधा...
पुस ७,
नेकपा विभाजको अवस्थामा पुगिसकेकाले अहिलेसम्मको अंकगणितलाई हेर्दा केन्द्रीय कमिटी र संसदीय दल दुबैमा अध्यक्ष केपी ओली अल्पमतमा देखिन्छन् । निर्वाचनमा आयोगमा रहेको रेकर्डअनुसार नेकपाको केन्द्रीय समितिमा कुल केन्द्रिय सदस्यहरुको संख्या ४४१ रहेको छ । पार्टी विभाजनले बैधानिकता पाउनका लागि यो संख्याको बहुमत अर्थात २२१ सदस्य देखाउनुपर्ने हुन्छ । तर, अहिलेको समीकरण अनुसार केपी ओलीको पक्षमा १४० को हाराहारीमा...
पुस ७,
काठमाडौं । वि.स २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर बनेपा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विगठन हुने अवस्थामा पुगेको छ । नेकपा आज मंगलबारबाट औपचारिक विभाजनतर्फ जाने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले...
पुस ६,
काठमाडौं । नेपाल इन्जिनियररिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर कुमार न्यौपाने हाजिर जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले उनलाई हाजिर जमानीमा थुनामुक्त गर्ने निर्णय गरेपछि उनी रिहा भएका हुन् ।ठगी र किर्ते मुद्धामा अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । तर, सरकारी वकिलले ‘अनुसन्धान पुरा नभएको’ भन्दै उनको मुद्दा...










