Friday, July 24, 2026
Home Blog Page 1035
चाँगुनारायण नगरपालिकाको नयाँ भवनको लागत २५ करोड ४६ लाख फागुन ५, भक्तपुर । २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनका मुख्य प्रतिस्पधीहरु एकै ठाउँमा देखिए । यो दृश्य हो चाँगुनारायण नगरपालिका भक्तपुरको । तत्कालिन नेकपाबाट उम्मेदवार भएर जीत हासिल गरेका सोमप्रसाद मिश्र र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका राजाराम खड्का एकै कार्यक्रममा देखिएका हुन् ।नगरपालिकाको नयाँ भवन निर्माण कार्य सुरु गर्न मंगल भएको...
-नेपाल समाचारपत्र दैनिक फागुन ३, काठमाडौं । कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ ।भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन...
झापा । जिल्लाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गर्नुभएको छ । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन...
फागुन ३, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक यही फागुन ५ गते बोलाएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध गरेको आन्दोलनको समीक्षासँगै पार्टीको आसन्न महाधिवेशनलगायत विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा उक्त दिन दिउँसो २ बजे बस्नेछ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति हुने पार्टी कार्यालयका मुख्य...
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्ष पूरा गरेको छ । गत २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते ओलीको नेतृत्वमा सरकार गठन भएको थियो। प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै छन्। पत्रकार सम्मेलनमा उनले बितेका तीन वर्षमा सरकारले प्राप्त गरेका उपलब्धिबारे जानकारी दिने...
काठमाडौँ । हालसम्म विश्वभर कोरोनाभाइरससम्बन्धी कारणले २४ लाख ११ हजारजनाको मृत्यु भएको छ। यो विश्वभर कूल सङ्क्रमित सङ्ख्याको २.२ प्रतिशत हो। वर्ल्र्डओमिटर्सको तथ्याङ्कअनुसार हालसम्म सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा चार लाख ९७ हजार एक सय ७४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सबैभन्दा धेरै सङ्क्रमणमा दोस्रोमा भारत भएता पनि मृतकको सङ्ख्यामा भने ब्राजिल अगाडि छ। ब्राजिलमा हालसम्म र्दु लाख...
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर र रजिष्ट्रारमा निर्मला पौडेल आइतबार नियुक्त भएका छन्। यस अघिका मुख्य रजिष्ट्रार नृपध्वज निरौला उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा नियुक्त भएपछि रिक्त पदमा सर्वोच्चका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो। गत माघ ११ मा बसेको न्यायपरिषद् बैठकले न्यायाधीशमा नियुक्ति गरिएको थियो। माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेको...
समाज । भोली फाुगन २ साथै फ्रेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो सन्दर्भ पारेर युवाहरू कतै छताछुल्ल त कतै लुकिछिपी नै किन नहोस्, ‘रोमान्टिक लभ’ मा देखिन्छन्। यस्तो रोमान्टिक लभलाई सघाउन कैयन् रेस्टुराँ,होटेल आदिमा युवा समूहले कार्यक्रम नै बनाएर भव्यता दिएका छन् भने सामाजिक सञ्जालले पनि यो माहोल थप रोमाञ्चित बनाइदिएको छ। त्यति मात्र होइन,...
फागुन १, धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका छन । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय सदस्यको संख्याका आधारमा पार्टीको आधिकारिता आफूहरुनै भएको दाबी गरेका हुन । निर्वाचन आयोगले सेटिङको भरमा अन्यायपूर्ण निर्णय गरेमा तीन सय केन्द्रीय सदस्य आयोग घेर्न जाने चेतावनी दिए...
फागुन १, काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको आरोप लगाएका छन् । बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । ‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर गतिशिल भएको छ, देश बनाउने संकल्पसहित अघि बढेको छ, सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अब हामी निरास हुनुपर्ने अवस्था छैन,...