आज सरकारको गठन भएको तीन वर्ष पूरा

188

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्ष पूरा गरेको छ । गत २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते ओलीको नेतृत्वमा सरकार गठन भएको थियो। प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै छन्। पत्रकार सम्मेलनमा उनले बितेका तीन वर्षमा सरकारले प्राप्त गरेका उपलब्धिबारे जानकारी दिने जनाइएको छ।

पत्रकार सम्मेलनअघि १० बजे प्रधानमन्त्री ओलीले २०७२ बैशाख १२ गतेको भूकम्पले क्षति गरेको सिंहदरबारको उदघाटन गर्ने कार्यक्रम छ। सिहदरबारलाई रेट्रोफिट गरी पुरानै अवस्थामा फर्काइएको छ।
भूकम्पले क्षति गर्नुअघि प्रधानमन्त्री कार्यालय सोही भवनमा रहेको थियो। भूकम्पले क्षति गरेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरभित्रैको अन्य भवनमा सरेको थियो। आज उद्घाटनपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारबाट सञ्चालनमा आउनेछ।