आधिकारिक नेकपा हामी हौँः नेता नेपाल

412

फागुन १,
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका छन । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय सदस्यको संख्याका आधारमा पार्टीको आधिकारिता आफूहरुनै भएको दाबी गरेका हुन । निर्वाचन आयोगले सेटिङको भरमा अन्यायपूर्ण निर्णय गरेमा तीन सय केन्द्रीय सदस्य आयोग घेर्न जाने चेतावनी दिए । ‘म र प्रचण्ड नेतृत्वको नेकपा नै आधिकारिक हुने पक्का छ’, उनले भने, ‘तर सर्वत्र सेटिङ गरेको भरमा गलत निर्णय लिएमा तीन सय केन्द्रीय सदस्य हातमा नागरिकता लिएर आयोग घेर्न लान्छौं ।’ मुलुक र जनताप्रतिको चिन्ता कहिल्यै नलिने ओली उखानटुक्का सुनाउँदै हिँडेको समेत उनले आरोप लगाए ।