चुनाव जितेका र हारेका मेयर एकै कार्यक्रममा…

553

चाँगुनारायण नगरपालिकाको नयाँ भवनको लागत २५ करोड ४६ लाख
फागुन ५,
भक्तपुर । २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनका मुख्य प्रतिस्पधीहरु एकै ठाउँमा देखिए । यो दृश्य हो चाँगुनारायण नगरपालिका भक्तपुरको । तत्कालिन नेकपाबाट उम्मेदवार भएर जीत हासिल गरेका सोमप्रसाद मिश्र र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका राजाराम खड्का एकै कार्यक्रममा देखिएका हुन् ।

नगरपालिकाको नयाँ भवन निर्माण कार्य सुरु गर्न मंगल भएको एक कार्यक्रमका नगरप्रमुख मिश्रले आफ्ना सबै प्रतिस्पधीलाई बोलाएका थिए । त्यसैक्रममा अन्य दलका तर्फबाट उम्मेदवार भएकाहरु भने आएनन् । तर, मिश्रले कार्यक्रममा अतिथि बोलाएपछि खड्का आएका थिए । सो नगरपालिकाको वडा नं. ५ स्थित घुमाउनेमा बोलपत्र आवहन गरि करिब २५ करोड ४६ लाख २५ हजार रुपैँयाको लागतमा नयाँ भवन बनाउने गरि निर्माण व्यवसायीसंग सम्झौता भएको छ ।

नगरपालिकाको प्रशासनकी भवन, सेमिनार हल, एमओइसी भवन, ६ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर, नगरपालिकासम्म आउने भित्री बाटोको निर्माण हुने नगरपालिकाका इन्जिनियर रुपेश गेलालले बताए । उक्त भवन मध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनीक भवन ३ हजार ६४० स्क्वायरफिटमा ६ तल्लाको हुनेछ । त्यसैलाई मध्य नजर गर्दै २०८० साल बैशाखमा निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता भएको र १८ महिनामा नै सक्ने लक्ष्य रहेको निर्माण कम्पनिका तर्फका इन्जिनियर सचिन बजगाइले जानकारी दिए ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम प्रसाद मिश्रले ठाउँ अभावमा फाइल हराउने गरेको, ठाउँ अभावमा कर्मचारी कार्यालयको भ¥याङ्ग र बाटोमा बसेर समेत काम गर्नु पर्ने अवस्था नयाँ भवन निर्माण भएपछि हट्ने बताए ।

नगरपालिकाका प्रमुख मिश्रले नयाँ भवनका लागि रुं ६० करोडको डिपिआर गरे पनि लागत घटाइएको बताउदै आवास र अतिथि गृहको भवन भने अहिलेको बजेटमा निर्माण नगरी दोश्रो चरणमा निर्माण जानकारी दिए । जग्गा सार्वजनिक रहेको ३० रोपनी क्षेत्रफलमा भएपनि २२ रोपनि मात्र उपयोग योग्य छ, मिश्रले भने ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, नेपाली कांग्रेसका नेता खड्का, निर्माण व्यवसायी संघका अध्यक्ष राजकुमार बस्ताकोटी, प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारी, वडाअध्यक्षहरु, नगरसभा सदस्यलगायतको उपस्थिती रहेको थियो ।