पार्टीलाई बदनाम गर्नेहरु अहिले सडकमा ‘डम्फू’ बजाइरहेका छन्

207
फाइल तस्बिर

फागुन १,
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको आरोप लगाएका छन् । बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । ‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर गतिशिल भएको छ, देश बनाउने संकल्पसहित अघि बढेको छ, सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अब हामी निरास हुनुपर्ने अवस्था छैन, कठैबरा भन्नुपर्ने गएका छैनन, पार्टीको बदनाम गर्नेहरु, मुलुकको समृद्धि नचाहानेहरु मात्रै बाहिरिएका हुन् । उनीहरु अहिले सडकमा डम्फू बजाइरहेका छन् ।’

उनले नेपालभरीको होइन लुम्बिनी प्रदेशका मात्र मानिसको उपस्थितिलाई लिएर गौरव गरे ।
उनले देशमा आन्दोलन विभाजित भएका बेला, कुनै पनि पार्टी क्रियाशील हुन नसकिरहेको बेला आफूले एकता र एकीकरणको अभियान शुरु गरेको बताए ।