विश्वभर कोरोना संक्रमणः हालसम्म २४ लाख ११ हजारको मृत्यु

70
फाइल तस्विर

काठमाडौँ । हालसम्म विश्वभर कोरोनाभाइरससम्बन्धी कारणले २४ लाख ११ हजारजनाको मृत्यु भएको छ। यो विश्वभर कूल सङ्क्रमित सङ्ख्याको २.२ प्रतिशत हो। वर्ल्र्डओमिटर्सको तथ्याङ्कअनुसार हालसम्म सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा चार लाख ९७ हजार एक सय ७४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सबैभन्दा धेरै सङ्क्रमणमा दोस्रोमा भारत भएता पनि मृतकको सङ्ख्यामा भने ब्राजिल अगाडि छ। ब्राजिलमा हालसम्म र्दु लाख ३९ हजार दुई सय ९४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भारतमा कोरोनाभाइरससम्बन्धी कारणले मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार सात सय ६४ रहेको छ।