Sunday, September 27, 2026
Home समाचार पौडेल सर्वोच्च अदालतमा पहिलोपटक रजिष्ट्रार महिला

पौडेल सर्वोच्च अदालतमा पहिलोपटक रजिष्ट्रार महिला

132

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर र रजिष्ट्रारमा निर्मला पौडेल आइतबार नियुक्त भएका छन्। यस अघिका मुख्य रजिष्ट्रार नृपध्वज निरौला उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा नियुक्त भएपछि रिक्त पदमा सर्वोच्चका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो। गत माघ ११ मा बसेको न्यायपरिषद् बैठकले न्यायाधीशमा नियुक्ति गरिएको थियो।
माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेको थियो । माघ २९ गते बसेको मन्‍त्रिपरिषद् वैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । गुल्मीको धुर्कोटमा जन्मेका कुँवर २०५५ सालमा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए । त्यसैगरी, सर्वोच्चको रिक्त रजिष्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ। मन्‍त्रिपरिषद् बैठकले पौडेललाई रजिष्ट्रारमा नियुक्त गरेको हो । पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन्। पौडेल प्रशासकीय अदालतमा थिइन्। विराटनगरमा जन्मेकी पौडेल २०५२ साल मंसिरमा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी हुन्।