कांग्रेसले केन्द्रीय समितिको बैठक बोलायो

56

फागुन ३,
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक यही फागुन ५ गते बोलाएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध गरेको आन्दोलनको समीक्षासँगै पार्टीको आसन्न महाधिवेशनलगायत विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा उक्त दिन दिउँसो २ बजे बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सरकारले ताजा जनादेशका लागि भन्दै पुसको ५ गते प्रतिनिधिसभा विघटनपछि आन्दोलित छ। प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भएको कांग्रेसको ठहर छ।