Thursday, July 23, 2026
Home Blog Page 1032
फागुन २४ विराटनगर : १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना महिला कर्मचारीलाई सम्मान गरेको छ। कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने ११ स्वास्थ्यकर्मी र २ जना महिला सुरक्षाकर्मीलाई सम्मान गरिएको हो।सोमबार सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मानित गरेको हो। सम्मानित हुनेमा कोशी अस्पताल मोरङका कन्सल्ट्यान्ट प्याथोलोजिस्ट डा. कामना शर्मा,...
फागुन २४, काठमाडौं : पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै निर्णय तहमा समान अधिकारसहित विभेद अन्त्यको कामना गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘श्रमिक महिला आफ्ना हक अधिकार प्राप्तिको आन्दोलनमा संघर्षरत छन्।अहिले पनि पुरातन अवस्थाको समान कामको समान ज्याला कायम गर्न र विभेदरहित सामाजिक संरचना निर्माण गर्ने कार्यभार...
फागुन २४काठमाडाैं : नेपाल र बंगलादेश सरकार (सरकार–सरकार) बीच जिटुजी सम्झौतानुसार पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ।बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्ये पहिलो लटमा दुई हजार ५०० टन नेपाल आइपुग्ने भएको हो।मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्ये आज बेलुका वा मंगलबार बिहानसम्म...
फागुन २२, रसुवा । नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज पहिलो दिन चिनियाँ ठूलो सात वटा कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो । रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पुर्याएका सामग्री नेपाली...
फागुन २२, काठमाडौं । आज मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुग्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो। सुरुङबाट पानी आज सुनदरीजल आइपुग्ने आयोजनाले जनाएको छ । आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ । सुरुङबाट आएको...
फागुन १४, काठमाडौँ । सरकारको पूर्ण स्वामित्व भएको नेपाल आयल निगमको थानकोट डिपोमा व्यापक सुधार भएको छ । भौतिक र प्रशासनिक कार्यलाई सुधार गर्ने काम डिपो प्रमुख प्रदिप कुमार यादव सक्रियका साथ लागेका छन् । यादव एक कर्मशील व्यक्तिमध्येका कर्मचारी मध्यका एक हुन् । हाल आयल निगम अन्तर्गत वाग्मती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख रहेका यादवले निगमले लिएका दूरगामी महत्वका योजनालाई...
फागुन १४, काठमाडौं । प्रेस काउन्सिल नेपालमा चार सदस्यलाई सरकारलले नियुक्त गरेको छ । नियुक्त हुनेमा दोलखाका चिरञ्जिवी मास्के, कञ्चनपुरका हरिप्रसाद जोशी, झापाका गणेशप्रसाद पोखरेल र दाङका शरदप्रसाद अधिकारी रहेका छन् । चारै जनालाई प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन गरिएको हो ।
काठमाडौं । लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबद्र्धन गर्नुका साथै उद्यमशीलता विकाश गर्ने उद्देश्यले आफन्त नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’को प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री कार्यालयका सचिव अर्यालले ‘आफन्त’ लाई साना उद्योगी र तिनका उत्पादनदेखि बजारीकरण गर्न सघाउने किसिमले सदुपयोग...
-विदुरप्रसाद तिमिल्सिना घमाइलो वातावरणमा रमेको म दिनलाई नै रात देख्छु मध्यदिनको उकुसमुकुस वातावरणमा कोलाहलले रङ पिट्दै हिँड्दा म बसेको सहर मृत भेट्छु मृत सहरमा मेरा जीवनका रङ्हरूले आफ्ना रहर मारेको भेट्छु !चर्को आवाजका मोटरका धुनमा लर्कोमा जमेको जमातको साइरनमा मृत्युले लखेटेको समयलाई भिजेका नयनमा आँसुले खोज्दा सिरानी सपना पूरा गर्ने अठोटमा कठोर साधनाबाट सिध्दि खोज्दा जीवित शरीर बन्न पुग्छ अनायास निर्जीव !!समय बिग्रियो अनि सम्बन्ध समय र सम्बन्धको वासलात खोज्दा सहरले रहरसङ्ग हिसाब बिगार्दा कोलाहल सहर...
फागुन १२,काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन्।प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाइएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताएका हुन्।बुधबार बिहान न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल...