Friday, September 25, 2026
Home समाज नारी दिवसमा १३ महिला कर्मचारी सम्मानित

नारी दिवसमा १३ महिला कर्मचारी सम्मानित

195

फागुन २४
विराटनगर : १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना महिला कर्मचारीलाई सम्मान गरेको छ। कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने ११ स्वास्थ्यकर्मी र २ जना महिला सुरक्षाकर्मीलाई सम्मान गरिएको हो।

सोमबार सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मानित गरेको हो। सम्मानित हुनेमा कोशी अस्पताल मोरङका कन्सल्ट्यान्ट प्याथोलोजिस्ट डा. कामना शर्मा, जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.ऋचा भट्टराई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरकी स्टाफ नर्स दिव्या श्रेष्ठ र कार्यालय सहयोगी कञ्चन राय जिल्ला अस्पताल, धनकुटाकी अस्पताल नर्सिङ निरीक्षक शीला सुब्बा छन्।

यस्तै नगर अस्पताल बेलटार, उदयपुरकी स्टाफ नर्स नीरु लिवाङग, मेची अस्पताल भद्रपुर झापाकी स्टाफ नर्स अनामिका राजवंशी, मेची अस्पताल भद्रपुरकी अनमी अनीता दाहाल, इलाका प्रहरी कार्यालय, रानीकी प्रहरी नायव निरीक्षक तारा विष्ट, विराटनगर महानगरपालिकाकी स्टाफ नर्स रेणुका चौधरी, विराटनगर महानगरपालिकाकी ल्याब टेक्निसियन नीता लुईटेल, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी जवान पूजा कुमारी विश्वास र मेची अस्पताल भद्रपुरकी कार्यालय सहयोगी सरीता दियाली छन्।

कार्यक्रमा प्रदेश न. १ का प्रदेश प्रमुख सोमनाथ​ अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सामाजिक विकास मन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की लगायतले सम्मान गरेका हुन्।