Home अर्थ यादबको नेतृत्वपछि आयल निगम थानकोट डिपोमा परिवर्तनको सुरुवात

यादबको नेतृत्वपछि आयल निगम थानकोट डिपोमा परिवर्तनको सुरुवात

0
यादबको नेतृत्वपछि आयल निगम थानकोट डिपोमा परिवर्तनको सुरुवात

फागुन १४,
काठमाडौँ । सरकारको पूर्ण स्वामित्व भएको नेपाल आयल निगमको थानकोट डिपोमा व्यापक सुधार भएको छ । भौतिक र प्रशासनिक कार्यलाई सुधार गर्ने काम डिपो प्रमुख प्रदिप कुमार यादव सक्रियका साथ लागेका छन् । यादव एक कर्मशील व्यक्तिमध्येका कर्मचारी मध्यका एक हुन् । हाल आयल निगम अन्तर्गत वाग्मती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख रहेका यादवले निगमले लिएका दूरगामी महत्वका योजनालाई सफल पार्दै गए । अहिले पनि निगम सुधारमा उनको योगदान उत्तिकै छ । कार्यालय संरचना निर्माण गर्न, बाउन्डिङ वाल लगाउन, पार्किङको क्षेत्रफल पिच गर्न, आवास तथा शौचालय बनाउन यी करिब ६ करोड रुपैयाँ खर्च भएको निगमले जाकारी दिएको छ । आफूहरुले थोरै खर्चमा नै धेरै सुधारका काम गर्न सकेको दाबी गर्दै यादवले आफ्नै साधन र स्रोतको प्रयोग गरेकोले यो सम्भव भएको बताए । पार्किङका लागि २०५९ सालमै निगमले किनेको ३९ रोपनी जग्गा भएकोले पनि यो सम्भव भएको हो ।

२०५५ सालमा निर्माण भएको यो डिपो २०५७ सालदेखि सञ्चालनमा आएको हो । सो डिपोमा अहिले १५ हजार किलोलिटर तेल भण्डारण गर्ने क्षमता छ । ९ वटा भर्टिकल ट्यांकी र ५ वटा अन्डरग्राउन्ड ट्यांकीमा सो परिमाणमा भण्डारण क्षमता रहको हो । त्यसमध्ये यो डिपोबाट अहिले दैनिक ३ हजार किलोलिटर तेलको खपत हुन्छ । यी सबै सुधारका काम गर्न निगमको नेतृत्वले पनि उत्तिकै साथ दिएको यादवको भनाई छ । सबै सुधार तपाइँ आएरै सम्भव भएको हो त ? यादव भन्छन्, ‘बजेट त पहिले पनि थियो । काम चाहिँ भइरहेको थिएन । म आउने बित्तिकै खरिद प्रक्रिया सुरु गरेँ । काम अघि बढेपछि चालु आर्थिक वर्षमा बजेट पनि बढेर आयो । अरु प्राविधिक कामका लागि पनि नेतृत्वबाट निरन्तर सहयोग पाइयो । सबैको सहयोगले नै यो सम्भव भएको हो ।’ थानकोट डिपोमा सुधारको काम

यादवलाई निगमले अघिल्लो चैत ७ गते थानकोट डिपोको प्रमुख भएर पठाएको हो । उनी आउँदा यो डिपोमा समस्यै समस्या थियो । इन्धनको लोड अनलोडको काम भइरहेकै थियो । तर, त्यसको व्यवस्थापन निकै जर्जर थियो । मुख्य सडकबाट डिपोमा छिर्ने बाटोभरी ट्यांकरको अव्यवस्थित पार्किङ थियो । डिपोमा जाने बाटो धुलाम्मे थियो । ट्यांकरको अव्यवस्थित पार्किङले त्यतिबेला स्थानीयवासी समेत डिपोलाई बोझको रुपमा लिन्थे । समस्या पार्किङको मात्रै थिएन । लोड अनलोडको पनि थियो । यादव भन्छन्, ‘अति प्रज्वलनशील पदार्थ भएकोले पेट्रोल डिजेलको ढुवानी दिउँसो मात्रै गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । त्यसैले सकेसम्म ३ बजेभित्रै ट्यांकर छुट्यो भने ५ बजेभित्रै पम्पमा तेल पुग्छ । तर, त्यतिबेला ६ बजेसम्म पनि ट्यांकर छुट्ने नसक्ने अवस्था थियो । त्यसो हुँदा पम्पमा गएर तेल भर्दा रात पथ्र्यो ।’

समस्या त्यतिमात्रै थिएन । डिपोको आन्तरिक सुरक्षाको पनि थियो । दैनिक करिब ६ सय किलोलिटर पेट्रोल र ८ सय किलोलिटर डिजेलको सप्लाई हुने त्यो डिपोलाई सामान्य तारबारले घेरिएको थियो । जुन असाध्यै असुरक्षित मानिन्छ । डिपोमा तेल लिन जानेलाई बैंकमा पैसा तिर्ने, भौचर बुझाउने लगायतका काम गर्न दिनभर लाइन बस्नुपर्ने अवस्था थियो । कार्यालयका कर्मचारीको कार्यकक्ष समेत व्यवस्थित थिएन । ट्यांकर चालक र कर्मचारीका लागि राम्रो ट्वाइलेट र बाथरुपको व्यवस्था पनि थिएन । ती सबैका कार्य क्रमश सुधार भएका छन् ।

बिगतका पीडाः
पेट्रोलियम पदार्थको आयातका लागि भारतमै भर पर्दै आएको नेपालले वर्षौंसम्म ट्यांकरबाट तेल ओसारपसार गर्नुपथ्र्यो । नेपाली ट्यांकर व्यवसायीले भारतमा कति समस्या र पीडा झेल्नुपर्यो । चेकजाँच, बोर्डिङ पास लगायतका समस्याले समय र श्रमको निकै खर्च हुन्थो । त्यसमाथि नेपाली ट्यांकर चालकमाथि भारतीय व्यवहार पनि राम्रो हुँदैनथ्यो । अहिले नेपाल त्यही डिजेल पाइपलाइबाट आउन थालेको छ । नेपालमा माग हुने डिजेलमध्ये अधिकांश पाइपलाइनबाटै आउँछ । नेपाली सीमा नाकाभन्दा ३६ किलोमिटर वरबाटै त्यस्ता ट्यांकरहरुको लोड अनलोड गर्न सक्छन् । राष्ट्रिय रुपमै महत्वपूर्ण मानिएको यो परियोजनामा स्थलगत रुपमा प्रत्यक्ष नेतृत्व गर्ने व्यक्ति चाहिँ उनै यादव हुन् ।

अहिले पाइपलाइनबाट तेल आउन थालेको डेढ वर्ष बितिसकेको छ । यसबाट राज्यले अर्बौं रुपैयाँ बचत समेत गरिसकेको छ । राज्यले अर्बौं बचत मात्रै गरेको छैन, जनताले समेत इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ सस्तो पाएका छन् । पाइपलाइन परियोजना सम्झिँदै यादव भन्छन्, ‘पाइपलाइनको परियोजना पूरा गर्न निकै चुनौतीपूर्ण थियो । त्यो सफलतापूर्वक सकियो । यस्तो परियोजनामा काम गर्न पाउनु एउटा अवसर र गौरवको कुरा पनि हो, जुन मैले पाएँ ।’ देशकै सबैभन्दा ठूलो अमलेखगञ्ज डिपोको प्रमुख हुन निकै चुनौतीपूर्ण मानिन्छ । भारतबाट हुने आयात व्यवस्थापन मात्रै नभएर आन्तरिक आपूर्ति व्यवस्थापनमा पनि निकै चाप हुने भएकोले यो ठाउँको नेतृत्व गर्नेलाई दिनरात फुर्सद हुँदैन । आपूर्ति व्यवस्थापनमा अलिकति मात्रै समस्या आउँदा पनि देशभर अभावको सिर्जना हुने भएकोले त्यसलाई विशेष ध्यान दिनुवथ्र्यो । त्यसमाथि पाइपलाइन निर्माणमा समय दिनुपर्दा त्यतिबेला कामको निकै नै चाप हुन्थ्यो । तर, यसलाई अवसरकै रुपमा लिएर उनले दिनरात नभनी काम गरेका थिए । पाइपलाइन परियोजना पूरा भएपछि उनलाई केन्द्रिय कार्यालयले वाग्मती प्रदेश कार्यालयको प्रमुख बनाएर पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here