फागुन १२,काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए।पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको भनाइ छ।१०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए। यस...
काठमाडाैं : सर्वोच्च अदालतले आज साँझ प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबारे धेरैले आकलन गरेका थिए।विभिन्न सत्तारुढ तथा सत्ता बाहिरका दल तथा नेताहरूले समेत प्रधानमन्त्रीको राजीनामा आउने बताए पनि उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन्।मंगलबार राति १० बजे थापाले फेसबुकमार्फत लेख्दै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि कार्यान्वयन गर्नुपर्ने तर...
लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा ५४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्ला केही दिनयता पाँच सय भन्दा कम मृतक संख्या रहेपनि मंगलबार भने मृतक संख्या पाँच सय नाघेको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ३०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यसैगरी बितेको २४ घन्टामा थप ८...
फागुन १२,
काठमाडौं । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो ।बोर्डका उपाध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाका...
कान्तिपुर दैनिक
फागुन १२, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस र त्यसलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चले मुख्य रूपमा तीनवटा विषयलाई आधार मान्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस, राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय र त्यसका आधारमा यसबीच भएका सबै काम बदर गरेको हो । यो निर्णयमा संवैधानिक इजलासका पाँचै जना न्यायाधीशको एकमत रह्यो ।प्रधानन्यायाधीश...
फागुन ११,मकवानपुर : मकवानपुरको हेटौंडामा स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फूटबल प्रतियोगिताको तेस्रो संस्करण तयारी थालिएको छ।जिल्ला फूटबल संघ मकवानपुरको आयोजनामा आगामी फागुन २७ गतेदेखि हेटौंडामा प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुनेछ।यो संस्करणदेखि प्रतियोगिताका विजेताले पुरस्कार राशीसमेत बढाइएको छ। यसअघि विजेतालाई ८ लाख र उप-विजेतालाई ४ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने गरिएकोमा यो पटक विजेताले १० लाख र...
फागुन ११,
काठमाडौं : प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक मंगलबार बसेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएको मन्त्रालय स्रोतले जनाएको छ।नेपालको समग्र...
फागुन ११,बैतडी : दोगडाकेदार गाउँपालिका-७, चडेपानीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।पीडित परिवारलाई ५ लाख रुपैयाँ राहत दिन गाउँ कार्यपालिका बैठकले निर्णय गरिसकेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। यसका साथै नेपाल सरकारलाई पनि पीडित परिवारलाई राहत उपलब्ध गराइदिन गाउँपालिकाले अनुरोध गरेको छ।गत माघ २१...
फागुन ११
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको बाटो रोजेर लोकतन्त्र र संविधान नै विसर्जन गर्न खोजेको आरोप लगाएका छन्।जनयुद्धमा हस्ताक्षर पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘धेरै लामो कसरतपछि पार्टी एकता गरेका थियौँ, तर केपीजीले फुटको बाटो रोजेर लोकतन्त्र र संविधान विसर्जन गर्न खोज्नुभयो।’उनले एकताको झण्डा बोकेर...
फागुन ११,
गुल्मी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वमन्त्री गोकर्ण विष्ट ओली समूहमा नआए सडकमा पुर्याउने धम्की दिएका छन्।गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (ओली समूहले) आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रचण्ड–माधव समूहका नेता एवं गुल्मी क्षेत्र नम्बर २ का सांसद विष्टलाई ओली समूहमा नआए गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव हराउने चेतावनी दिएका...








