Sunday, September 27, 2026
Home राजनीति निर्णय तहमा समान अधिकारसहित विभेद अन्त्य होस् : बामदेव गौतम

निर्णय तहमा समान अधिकारसहित विभेद अन्त्य होस् : बामदेव गौतम

157

फागुन २४,
काठमाडौं : पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै निर्णय तहमा समान अधिकारसहित विभेद अन्त्यको कामना गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘श्रमिक महिला आफ्ना हक अधिकार प्राप्तिको आन्दोलनमा संघर्षरत छन्।

अहिले पनि पुरातन अवस्थाको समान कामको समान ज्याला कायम गर्न र विभेदरहित सामाजिक संरचना निर्माण गर्ने कार्यभार बाँकी छ।’ सन् १८८९ मार्च ८ मा अमेरिकाको सिकागो शहरमा भएको मजदुर विद्रोह आज १११ औं वर्षमा प्रवेश गरेको छ। पूँजीवादी व्यवस्थामा शोषण उत्पीडनका स्वरुपमा धेरै परिवर्तन भए पनि शोषण, दमन, उत्पीडन र विभेदसंगै महिला हिंसा बाँकी नै रहेकाले त्यसको अन्त्य आवश्यक रहेको नेता गौतमले बताएका छन्।

‘विश्वभरका महिलाले मनाइरहेको १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा ऐक्यवद्धता प्रकट गर्दै स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु” नेता गौतमले विज्ञप्तीमा उल्लेख गरेका छन्।