आज मेलम्चीको पानी सुन्दरीजल आइपुग्ने

415

फागुन २२,
काठमाडौं । आज मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुग्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो। सुरुङबाट पानी आज सुनदरीजल आइपुग्ने आयोजनाले जनाएको छ । आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ । सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो । पानी आजै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ । सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिने छ । तर आयोजनाका अनुसार त्यका लागि अझै केही समय फर्खिनु पर्नेछ ।