Saturday, July 18, 2026
Home Blog Page 984
मंसिर १८, पोखरा । बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले बिहीबार र शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता देवप्रकाश घिमिरेले जानकारी दिए ।...
मंसिर १६, काठमाडौ । राजधानी सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ । भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका...
मंसिर १६, हेटौंडा । बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनत्तम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा आज सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ ।
मंसिर १५, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको पनि बताए ।राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश र जनताको मुद्दालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने खाँचो औंल्याए...
मंसिर १४, हाँस्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिवेश र परिस्थितिलाई दर्शाइएको छ । पुष ९ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य , सुबोध गौतम ,पवन खतिवडा , सुरवीर पण्डित, राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत...
मंसिर १४, चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तरगत मतदान प्रक्रिया सुरु भएको छ । राति २ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मतदानमा ढिलाइ भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप,...
मंसिर १४, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको हो ।मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा,...
मंसिर १४, बेलायत । साउथ अफ्रिकामा उत्पन्न कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु फेला परेपछि आज मंगलबारबाट बेलायत सरकारले थप कडाइ गरेको छ । नयाँ केस भेटिएलगत्तै शनिबार साँझ एक पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले अन्य मुलुकबाट बेलायत आउने सबैलाई पिसिआर टेस्ट अनिवार्य हुने घोषणा गरेका थिए । सरकारले आइतबार एक सूचना जारी गर्दै नोभेम्बर ३० तारिख बिहान ४ बजेपछि...
मंसिर १४, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेको हो। १ कात्तिकमा तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको मन्त्रालयले मंसिर चार गते सात दिनको म्याद राखेर सदस्य सचिवका...
मंसिर १४, भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । सोमबार सम्मन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेर बहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरेका हुन् । उनका निकतम प्रतिद्धन्दि अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याए । अघिल्लो पटक पनि थापा र कवेँनै सभापति पदमा प्रतिस्पर्धी थिए ।उपसभापतिमा...