राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

90

मंसिर १४,
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेको हो।
१ कात्तिकमा तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको मन्त्रालयले मंसिर चार गते सात दिनको म्याद राखेर सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको थियो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव सिफारिसका लागि सह–सचिव कमल प्रसाद पोखरेल संयोजक तथा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मेलित तीन सदस्यीय छनोट समिती गठन गरेका थिए ।

समितीले आइतबार सदस्य सचिवका लागि आवेदन बुझाएका १८ जनालाई मन्त्रालयमा कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो । समितीले उम्मेद्वारहरुको कार्ययोजना प्रस्तुतीपछि तीन जनाको नाम मन्त्री गहतराज समक्ष बुझाइसकेको थियो । नेपाल सरकारको नियम अनुसार १८ एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा समितीले टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो । नेपाल सरकारले जनाबाट घिसिङलाई राखेपको जिम्मेवारी दिएको हो ।