बेलायत प्रवेशमा थप कडाइ

376

मंसिर १४,
बेलायत । साउथ अफ्रिकामा उत्पन्न कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु फेला परेपछि आज मंगलबारबाट बेलायत सरकारले थप कडाइ गरेको छ । नयाँ केस भेटिएलगत्तै शनिबार साँझ एक पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले अन्य मुलुकबाट बेलायत आउने सबैलाई पिसिआर टेस्ट अनिवार्य हुने घोषणा गरेका थिए ।
सरकारले आइतबार एक सूचना जारी गर्दै नोभेम्बर ३० तारिख बिहान ४ बजेपछि बेलायत भित्रिने सबै यात्रुहरुले प्यासेन्जर लोकेटर फर्मका साथै अनिवार्य रुपमा ४८ घण्टा भित्रको पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने बताएको छ । पिसीआर टेष्ट बुक नगरि आएका यात्रुलाई तत्कालै एक हजार पाउण्ड जरिवाना गरिनेछ । यसअघि बेलायत भित्रिने यात्रुहरुले दोस्रो दिनमा सामान्य ल्याटरल फ्लो टेष्ट मात्र गरे पुग्नेमा कोभिडको नयाँ भेरियन्ट फेला परेपछि पिसिआर टेस्ट अनिवार्य गरिएको हो ।
यदि परीक्षणको नतिजा पोजेटिभ भेटिएमा नेगेटिभ नतिजा नआएसम्म आइसोलेसनमा बस्न पर्नेछ । तर, यसअघि भने पोजिटिभ नतिजा आएपनि १० दिन आइसोलेसनमा बसेपछि टेष्ट नै नगरी बाहिर निस्कन पाइन्थ्यो ।