चुरीफुरी’ को ट्रेलर सार्वजनिक

138

मंसिर १४,
हाँस्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिवेश र परिस्थितिलाई दर्शाइएको छ ।
पुष ९ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य , सुबोध गौतम ,पवन खतिवडा , सुरवीर पण्डित, राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नवअभिनेत्री त्रय पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङलाई प्रस्तुत गरिएको छ । आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्म राहुल राईले खिचेका हुन भने सम्पादन र कलर ग्रेडिङ नवीन निरौलाको छ । निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको फिल्मको सह निर्मातामा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन् ।