Saturday, July 18, 2026
Home Blog Page 982
मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले कांग्रेस एक भएन भने कम्युनिष्टलाई जित्न नसक्ने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपसभापतिले गच्छदारले भने ‘कम्युनिष्टहरु बलियो भएका छन्, हामीमा एकता भएन भने जित्न सक्दैनौं ।’ स्वच्छ प्रतिस्पधा गरेर पार्टीलाई बलियो बनाउन पर्ने बेला आएको भन्दै नेता गच्छदारले पार्टीमा एकता गर्न बाकीँ रहेको अधुरो कार्य...
मंसिर २४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना...
मंसिर २४, काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका–२ कोल्पुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामी छन् । उनले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको सुराक पाएपछि प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको टोलीले बिहीबार विहान उनलाई पक्राउ गरेको...
मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुदैंछ । पार्टीको केन्द्रिय सदस्य पदमा युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । भोली शनिबार हुने उम्मदवारको मनोनय दर्तामा आफुले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने लामाले जानकारी दिएका छन् । उनी तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रिय सदस्य पार्टी समायोनपछि महासमिती सदस्य प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र...
मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबार सुरु भएको छ । महाधिवेशनको बन्द सत्र भने भोलीबाट सुरु हुने छ । भोली २५ गते शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यसूचि रहेको निर्वाचन समितीले जानकारी दिएको छ । पार्टीको नेतृत्व लिन सभापतिदेखि केन्द्रिय सदस्यका उम्मेदवारसम्मले आ–आफ्नो दाबी र प्रचारपसारलाई तिव्रता दिइरहेका छन् । संस्थापन समुहमा वर्तमान सभापति तथा प्रधानमन्त्री...
मंसिर २३, काठमाडौं । भोली शुक्रबारदेखि नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सुरु हुदैं छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । अहिलेसम्मको अवस्था हेर्दा देशभरबाट ४३१९ जना महाधिवेशन प्रतिनिधी बन्द सत्रमा सहभागी हुनेछन् ।कुन प्रदेशबाट कति महाधिवेशन प्रतिनिधि हेर्नुहोस्प्रदेश एक: ७३३-प्रदेश १ भनेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, विजय कुमार गच्छदार, डा. शेखर कोइराला,...
मंसिर २३, भक्तपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन् । साथै उनले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले एमाले न्यायलयबाट पीडित पार्टी भएको समेत बताए ।‘हाम्रो पार्टी न्ययालयबाट पीडित पार्टी हो’, ज्ञवालीको भनाइ छ । उनले अदालतभित्रको विवाद...
मंसिर २३, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकभर सहमतिका नेतृत्व चयन गरिने बताए । त्यसकै लागि केन्द्रीय समितिको बैठक राखिएको उनको भनाइ छ ।उनले सहमतिमै नेतृत्व चयन नभए अस्वस्थ प्रतिस्पर्धा...
मंसिर २३, काठमाडौँ । घर जान पाउन पर्ने भन्दै चिनियाँ नागरिकले काठमाडौँस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । आफ्नै खर्चमा देश फर्कँन चाहेपनि फर्कन नपाएका उनीहरुले यसअघि पनि प्रदर्शन गरेका थिए । करिब दुई हजार चिनियाँ नागरिक नेपालमै छन् ।
मंसिर २३, भक्तपुर । विद्युतीय राहदानी (इ–पासर्पोट)को लागि आवेदन दिने व्यक्तिले अनिर्वाय राष्ट्रिय परिचयपत्रको नम्बर सो फारममा भर्नू पर्दछ । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी (इ–पासर्पोट) को लागि आवेदन लिने कार्य सुरु भएको छ ।प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार बुधबारबाट योकार्यको थालनी भएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी लिन चाहानेले अनलाइनबाट फारम भर्नू पदर्छ...