ककनीबाट बलात्कार आरोपमा एक पुरुष पक्राउ

199

मंसिर २४,
काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका–२ कोल्पुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामी छन् ।
उनले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको सुराक पाएपछि प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको टोलीले बिहीबार विहान उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।