घर फर्किन देउ भन्दै चिनियाँ नागरिकको प्रदर्शन

53

मंसिर २३,
काठमाडौँ । घर जान पाउन पर्ने भन्दै चिनियाँ नागरिकले काठमाडौँस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । आफ्नै खर्चमा देश फर्कँन चाहेपनि फर्कन नपाएका उनीहरुले यसअघि पनि प्रदर्शन गरेका थिए । करिब दुई हजार चिनियाँ नागरिक नेपालमै छन् ।