कांग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढ्नु पर्ने बेला आयोः उपसभापति गच्छदार

184

मंसिर २४,
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले कांग्रेस एक भएन भने कम्युनिष्टलाई जित्न नसक्ने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपसभापतिले गच्छदारले भने ‘कम्युनिष्टहरु बलियो भएका छन्, हामीमा एकता भएन भने जित्न सक्दैनौं ।’ स्वच्छ प्रतिस्पधा गरेर पार्टीलाई बलियो बनाउन पर्ने बेला आएको भन्दै नेता गच्छदारले पार्टीमा एकता गर्न बाकीँ रहेको अधुरो कार्य आफु तयार रहेको बताए । वर्तमान समयमा कांग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढ्नु पर्ने उनको भनाई छ ।