Sunday, September 27, 2026
Home समाचार भक्तपुरमा विद्युतीय राहदानी (इ–पासर्पोट)को विवरण लिन सुरु, राष्ट्रिय परिचयपत्रको नम्बर अनिर्वाय

भक्तपुरमा विद्युतीय राहदानी (इ–पासर्पोट)को विवरण लिन सुरु, राष्ट्रिय परिचयपत्रको नम्बर अनिर्वाय

172

मंसिर २३,
भक्तपुर । विद्युतीय राहदानी (इ–पासर्पोट)को लागि आवेदन दिने व्यक्तिले अनिर्वाय राष्ट्रिय परिचयपत्रको नम्बर सो फारममा भर्नू पर्दछ । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी (इ–पासर्पोट) को लागि आवेदन लिने कार्य सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार बुधबारबाट योकार्यको थालनी भएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी लिन चाहानेले अनलाइनबाट फारम भर्नू पदर्छ ।
हाल भक्तपुर स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्य भइरहेको छ । राष्ट्रिय परिचयपत्रको विवरण भर्न भने नागरिकता अनिर्वाय चाहिन्छ । विवाहितको हकमा श्रीमान वा श्रीमतीको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र चाहिन्छ । प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ‘५० हजार भन्दा धेरैले राष्ट्रिय परिचयपत्रको बनाउनका लागि विवरण सकेका छन् ।’