Friday, July 17, 2026
Home Blog Page 970
फागुन १८,काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नयाँ प्रश्नपत्र आगामी शुक्रबारबाट छाप्ने भएको छ। बोर्डले अघिल्लो वर्षको प्रश्नपत्र पुनः प्रयोग गर्ने कि नयाँ छाप्ने भन्ने विषयको लामो अन्योलता टुङ्ग्याएर नयाँ छाप्ने निर्णय गरेको हो। प्रश्नपत्र छपाई गर्ने जिम्मा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाएको छ। लिमिटेडका सूचना अधिकारी चित्रकुमार...
फागुन १६,काठमाडौं : नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भेटिएको नो एमसिसी लेखिएको शंकास्पद कुकरलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। संसद भवनको सिधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएपछि बमको आशंकामा सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो। बमको आशंका गरिए पनि कुकरभित्र केही विस्फोटक पदार्थ नभएको पाइएको छ। कुकर खाली...
फागुन १६,काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी)को पक्षमा उभिएको भन्दै आलोचना भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो धारणा सार्वजनिक गर्न लागेका छन्। एमसिसी अनुमोदनको पक्षमा उभिँदा पार्टीका शीर्ष नेतादेखि जनस्तरसम्म माओवादी केन्द्रको नराम्रो छाप परेपछि प्रचण्डले आफ्नो धारणा बाहिर ल्याउन लागेका हुन्। प्रचण्डले सोमवार दिउँसो ३ बजे खुमलटारस्थित निवासमा पत्रकार सम्मेलन गर्न लागेको सचिवालयले जनाएको छ।
फागुन १५,काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित सत्तारुढ दलका केही सांसदहरूले एमसिसीमाथिको मतदान वहिस्कार गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका केही सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने जनाएका हुन्। माओवादीका सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले एमसिसीको विपक्षमा भोट हाल्ने बताए। सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद्...
फागुन १५,काठमाडौं : प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सुरु भएको छ। एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका छन्। बैठकमा एमसिसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। आधा घण्टाका लागि स्थगित भएको बैठक...
फागुन १५,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ। पाँच दलीय सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको भए पनि आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्ने एमाले संसदीय दलको उपनेता सुवास नेम्बाङले बताए। उनले भने, ‘हामीले हाम्रो माग सम्बोधनका लागि कांग्रेससँग पनि कुरा गरेका हौँ। तर,...
फागुन १५,काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको को मूल्य घटेको छ। सुन प्रतितोला एक हजार ४०० र चाँदी ४० रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रूपैयाँ तोकिएको छ। गत शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै‚ आइतवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९६...
फागुन १५,काठमाडौं । सत्ता गठबन्धनको बैठकले एमसिसी आजैको संसद् बैठकबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्‍यवस्था कडा बनाइएको छ। एमसिसीको विरोध तथा समर्थन गर्ने विभिन्न राजनीतिक दलहरू तथा प्रदर्शनकारीबाट हुने सम्भावित झडपलाई रोक्न ठूलो मात्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ। त्यसैगरी, झडप र घाइते भएमा प्राथमिक उपचारका लागि रेडक्रसका गाडी र...
फागुन १५,काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावी घोषणापत्रमा समावेश गरेअनुसार नै महानगरभित्रका मूत तथा अमूर्त सम्पदाको संरक्षण गर्दै आएको दाबी गरेका छन्। आइतवार महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको भवनको उद्घाटन गर्दै उनले चुनावी घोषणापत्रअनुसार नै महानगर क्षेत्रभित्रका मूत तथा अमूर्त सम्पदाको संरक्षण गर्ने प्रतिवद्धता पूरा गर्दै आएका बताए।‘चुनावी घोषणापत्रमा समावेश गरेअनुसार नै...
फागुन १५,काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पास गर्ने सरकारी तयारीले प्रतिनिधिसभाको बैठक केही ढिलो गरी सुरु हुने भएको छ। आइतवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक राजनीतिक दलहरू आन्तरिक छलफलमा रहेकाले केही ढिला गरी सुरु हुने सभामुख सचिवालयले जनाएको छ। एमसिसीबारे नेकपा (माओवादी केन्द्र)को संसदीय दल र नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ। सभामुख...